यो बर्ष पनि “अल्फा & ओमेगा” फुटसल टुर्नामेन्टले निरन्तरता पाउने !

४ अक्टोबर २०२३, सिड्नी 

अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मण्डलीहरु बीच यही अक्टोबर २२ का दिन दोश्रो बार्षिक “अल्फा & ओमेगा” एकदिवसीय 5A Side फूटसल टुर्नामेन्ट आयोजना हुने भएको छ।  

अस्ट्रेलियामा रहेका नेपालीहरु बीच काम गर्ने ग्रेस नेपाली डायस्पोरा कम्युनिटी (GNDC) को आयोजनामा हुने प्रतियोगितामा ५ वटा सिड्नीकै मण्डलीहरु, क्यानबेराबाट दुईटा मण्डली, र एउटा आयोजक Grace को टिम गरि जम्मा १५ वटा टिम सहभागी हुने निश्चित भैसकेको GNDC का संयोजक अशोक शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताका खेलहरु  Wetherhill Park भन्ने स्थानको Emerson Futsal Court मा हुनेछन  । “प्रेम, एकता र भातृत्व” को नारा सहित आयोजित प्रतियोगितामा मण्डलीका अगुवाहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

“अल्फा & ओमेगा” कप नाम दिईएको उक्त प्रतियोगिताको सह-प्रायोजन भने सिड्नी स्थित Zenith Migration ले गरेको छ। 

नेपाली मण्डलीहरुको संयुक्त टोलिको 24th GNC  football League खेल्ने सपना यसपाली पनि अधुरै 

१३ नोवेम्बेर, सिड्नी । २४ औं गोर्खा नेप्लिज कम्युनिटी लिग अन्तरगत माइनर लिगको छनौटको प्लेअफ़ म्याच पराजित भए संगै ग्रेस नेपाली डाएस्पोरा कम्युनिटी (GNDC) को टिमको लिग खेल्ने सपना यसपाली पनि अधुरै रहेको छ। 

टिम ग्रेस 


चेस्टरहिल स्थित नोर्फोर्ड पार्कको फुटबल मैदानमा आज बिहान सम्पन्न म्याचमा चिर प्रतिद्वन्दी बोइज युनाईटेड क्लब संग २-० ले पराजित भएसंगै टिम ग्रेसको सपनामाथि तुषारापात भएको हो। 

GNDC का पदाधिकारी र फुटबल टिम 

पर्याप्त अभ्यास र प्लेइङ्ग सेटले निरन्तर खेल्न नपाएकोले राम्रो खेल्नुको बाबजुद पनि टोलिले हर बेहोरेको नवनियुक्त कप्तान रामचन्द्र शाहीले बताए। खेल हारेतापनि खेलाडीहरुले राम्रो खेलेकोमा  खुसि लागेको र टिमले अब निरन्तर अभ्यास र बिभिन्न प्रतियोगिताहरु पनि खेल्ने पुर्व कप्तान सरन क्षेत्रीले बताए। 

अघिल्लो बर्ष सम्पन्न प्लेअफ़मा दोश्रो चरणमा पुग्न सफल भएको टिम ग्रेस यसपाली पहिलो चरणमै बाहिरिएको हो।

नोभेम्बेर पहिलो साता सिड्नीमा पहिलो पटक नेपाली इसाई हरु बीच “अल्फा & ओमेगा कप” अन्तर-मण्डली फुटसल प्रतियोगिता आयोजना हुने !

२० अक्टोबर, सिड्नी 

अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मण्डलीहरु बीच यही नोवेम्बेर ६ का दिन एकदिवसीय 5A Side फूटसल टुर्नामेन्ट आयोजना हुने भएको छ।  

अस्ट्रेलियामा रहेका नेपालीहरु बीच काम गर्ने ग्रेस नेपाली डायस्पोरा कम्युनिटी (GNDC) को आयोजनामा हुने प्रतियोगितामा ५ वटा सिड्नीकै मण्डलीहरु, एउटा क्यानबेराको मण्डली, र एउटा आयोजक Grace को टिम गरि जम्मा ११ वटा टिम सहभागी हुने निश्चित भैसकेको GNDC का संयोजक अशोक शर्माले जानकारी दिनुभयो 

प्रतियोगिताका खेलहरु  Wetherhill Park भन्ने स्थानको Emerson Futsal Court मा हुनेछन  । “प्रेम, एकता र भातृत्व” को नारा सहित आयोजित प्रतियोगितामा मण्डलीका अगुवाहरु को समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

“अल्फा & ओमेगा” कप नाम दिईएको उक्त प्रतियोगिताको मुख्य प्रायोजन भने क्यानबेरा स्थित “Savannah Motors Pty Ltd ले गरेको छ। 

फुटबलमा नेपाली मण्डलीहरुको संयुक्त टोलि बिजयी !

०५ डिसेम्बर , सिड्नी । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायहरु माझ बिगत २३ बर्ष देखि  संचालित भैरहेको गोर्खा नेप्लिज कम्युनिटी लिग (GNC ) मा सिड्नीमा रहेका नेपाली मण्डलीहरुको एकीकृत टीमले आज भएको खेलमा बिजय हात पारेको छ। कुल ९ वटा टोलि सम्मिलित “जीएनसी माइनर लिग” को निम्ति गरिने छनौटको पहिलो चरणको खेलमा मण्डली टिम  ‘ग्रेस नेपाली डायस्पोरा कम्युनिटी’ ले झापा सिड्नी फुटबल क्लब माथि ५-० ले जित हासिल गरेको हो। खेलपछि टिमका कप्तान सरन क्षेत्रीले ‘महानआज्ञा‘ टिमसंग कुरा गर्दै आउने १२ डिसेम्बरमा हुने छनौटको दोश्रो खेलमा राम्रो प्रदर्शन गर्ने बिश्वास रहेको बताए।   

सिड्नीको चेस्टरहिल स्थित नोर्फोर्ड मैदानमा आज बिहान भएका अन्य खेलहरुमा “रातो र चन्द्र सुर्य फुटबल क्लब”, “काल भैरव फुटबल क्लब”, र  “लुम्बिनी फुटबल क्लब” पनि पहिलो चरण मा बिजय भएका छन्।अब हुने खेलमा  “ग्रेस नेपाली डायस्पोरा कम्युनिटी क्लब” र  “रातो र चन्द्र सुर्य फुटबल क्लब”  तथा  “काल भैरव फुटबल क्लब”  र अघिल्लो सिजनमा माइनर डिभिजनबाट रेलिगसनमा परेको “सेन्ट जोर्ज फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, “लुम्बिनी फुटबल क्लब” भने १ जित संगै माइनर लिगमा प्रवेश गरिसकेको छ।