सिड्नी- प्रसन राईको उत्कृष्ट प्रदर्शनमा “होसन्ना नेपाली मण्डलीको फुट्सल टिमले “प्रथम अल्फा & ओमेगा अन्तर-मण्डली 5 A Side फुट्सल प्रतियोगिता-२०२२को उपाधि जितेको छ। गत नोवेम्बेर ६, आईतबारको दिन सम्पन्न फाइनलमा टिम होसन्नाले UNCC नेपाली मण्डली लिभरपुललाई फाईनलमा २-१ ले हराउदै उपाधि हात पारेको हो।
अस्ट्रेलियामा रहेका नेपाली मण्डलीहरु बीच एकआपसमा भेटघाट, भातृव र सद्भाव कायम राखिराख्ने उद्देश्यले स्थापित भएको “ग्रेस नेपाली डाएस्पोरा कम्युनिटी” नामक संस्थाले आयोजना गरेको उक्त प्रतियोगितामा सिड्नीमा रहेका ७ वटा मण्डलीहरुबाट ११ र क्यानबेराबाट १ अनि आयोजकको १ टिम गरि जम्मा १३ टिमको सहभागिता रहेको थियो।
झन्डै १०० जनाजति खेलाडी र ८० जना जति समर्थकको उपस्थितिमा सम्पन्न भएको उक्त १ दिने प्रतियोगितामा प्राय: सबैजसो मण्डलीहरुका अगुवाहरुको पनि उपस्थिति थियो भने हिजग्लोरी नेपाली चर्चका अगुवा एल्डर अरुण लिम्बु र फाइनलमा पुग्न सफल UNCC मण्डलीका पास्टर अनिल श्रेष्ठ स्वयम खेलमैदानमा उत्रनु भएको थियो।
सिड्नी नेपाली मण्डलीले फेयर प्ले को उपाधि हात पार्दा, क्यानबेरा नेपाली मण्डलीले भने तेस्रो स्थानमा चित्त बुझायो। उच्च गोलकर्ता र बेस्ट डिफेन्डरको उपाधि होसन्नाकै क्रमश: प्रसन राई र अविनाश तामांग भए भने, बेस्ट प्लयेरको उपाधि क्यानबेरा मण्डलीका कमल नेपालीले जित्न सफल भए। UNCC लाई फाईनलसम्म पुर्याउन उच्च प्रदर्शन गरेका UNCC का गोलकिपर सागर पौडेलले जिते।
खेलको पुरुस्कार वितरण उपस्थित अगुवाहरुले पालैपालो एक-अर्काको टिमलाई प्रदान गर्नुभएको थियो भने बिजेताको ट्रफी सिड्नी नेपाली मण्डलीका पास्टर जीवन श्रेष्ठले होसन्ना मण्डलिका पास्टर अनिश रिमाललाई हस्तान्तरण गर्नुभएको थियो। ग्रेस नेपाली डाएस्पोरा कम्युनिटीका सदस्य सरन क्षेत्री र अमोन मगरले संचालन गर्नुभएको समापन समारोहमा प्रतियोगी र समर्थकहरुलाई धन्यबाद दिंदै ग्रेस नेपाली डाएस्पोरा कम्युनिटीका सचिव सिमोन भाटले यसप्रकारको एतिहासिक अवसरको साक्षी बन्न पाएको भन्दै सबै मण्डलीका सदस्यहरु र परमेश्वर प्रति धन्यबाद ज्ञापन गर्दै आउँदा दिन अझै यस्तै खालका कार्यक्रम आयोजना गर्ने प्रेरणा मिलेको बताउनु भयो। प्रतियोगिताको समापनमा आशिषको प्रार्थना गर्दै होसन्ना मण्डलीका पास्टर अनिश रिमालले यो प्रतियोगिताको माध्यमले सबैजनालाई एकैठाउँमा ल्याउन भूमिका खेलेकोमा खुसि व्यक्त गर्नुभयो। क्यानबेरा स्थित सभान्ना मोटर्सले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा सिड्नी नेपाली मण्डलीले खाजाको स्टलको निम्ति व्यवस्था गरेको थियो।
प्रतियोगितामा सहभागी टिमहरुको नामावली :
१. ANCC नेपाली मण्डली, लिभरपुल- १ टिम
२. UNCC नेपाली मण्डली, लिभरपुल- २ टिम
३. हिजग्लोरी नेपाली मण्डली, ग्रयानभील- २ टिम
४. होसन्ना नेपाली मण्डली- अबर्न- २ टिम
५. सिड्नी नेपाली मण्डली- अबर्न- २ टिम
६. क्यानबेरा नेपाली मण्डली- १ टिम
७. अराईज एण्ड शाईन नेपाली मण्डली- रकडेल- १ टिम
८. ट्रिनिटी नेपाली मण्डली- हर्स्भिल- २ टिम
९. ग्रेस टिम (आयोजक)- १ टिम
कार्यक्रमको अन्त्यमा UNCC का पास्टर अनिल श्रेष्ठले अन्तिम प्रार्थना गरेसंगै कार्यक्रम टुंगिएको थियो।