यो बर्ष पनि “अल्फा & ओमेगा” फुटसल टुर्नामेन्टले निरन्तरता पाउने !

४ अक्टोबर २०२३, सिड्नी 

अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मण्डलीहरु बीच यही अक्टोबर २२ का दिन दोश्रो बार्षिक “अल्फा & ओमेगा” एकदिवसीय 5A Side फूटसल टुर्नामेन्ट आयोजना हुने भएको छ।  

अस्ट्रेलियामा रहेका नेपालीहरु बीच काम गर्ने ग्रेस नेपाली डायस्पोरा कम्युनिटी (GNDC) को आयोजनामा हुने प्रतियोगितामा ५ वटा सिड्नीकै मण्डलीहरु, क्यानबेराबाट दुईटा मण्डली, र एउटा आयोजक Grace को टिम गरि जम्मा १५ वटा टिम सहभागी हुने निश्चित भैसकेको GNDC का संयोजक अशोक शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताका खेलहरु  Wetherhill Park भन्ने स्थानको Emerson Futsal Court मा हुनेछन  । “प्रेम, एकता र भातृत्व” को नारा सहित आयोजित प्रतियोगितामा मण्डलीका अगुवाहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

“अल्फा & ओमेगा” कप नाम दिईएको उक्त प्रतियोगिताको सह-प्रायोजन भने सिड्नी स्थित Zenith Migration ले गरेको छ। 

नेपाली मण्डलीहरुको संयुक्त टोलिको 24th GNC  football League खेल्ने सपना यसपाली पनि अधुरै 

१३ नोवेम्बेर, सिड्नी । २४ औं गोर्खा नेप्लिज कम्युनिटी लिग अन्तरगत माइनर लिगको छनौटको प्लेअफ़ म्याच पराजित भए संगै ग्रेस नेपाली डाएस्पोरा कम्युनिटी (GNDC) को टिमको लिग खेल्ने सपना यसपाली पनि अधुरै रहेको छ। 

टिम ग्रेस 


चेस्टरहिल स्थित नोर्फोर्ड पार्कको फुटबल मैदानमा आज बिहान सम्पन्न म्याचमा चिर प्रतिद्वन्दी बोइज युनाईटेड क्लब संग २-० ले पराजित भएसंगै टिम ग्रेसको सपनामाथि तुषारापात भएको हो। 

GNDC का पदाधिकारी र फुटबल टिम 

पर्याप्त अभ्यास र प्लेइङ्ग सेटले निरन्तर खेल्न नपाएकोले राम्रो खेल्नुको बाबजुद पनि टोलिले हर बेहोरेको नवनियुक्त कप्तान रामचन्द्र शाहीले बताए। खेल हारेतापनि खेलाडीहरुले राम्रो खेलेकोमा  खुसि लागेको र टिमले अब निरन्तर अभ्यास र बिभिन्न प्रतियोगिताहरु पनि खेल्ने पुर्व कप्तान सरन क्षेत्रीले बताए। 

अघिल्लो बर्ष सम्पन्न प्लेअफ़मा दोश्रो चरणमा पुग्न सफल भएको टिम ग्रेस यसपाली पहिलो चरणमै बाहिरिएको हो।

सिड्नीमा “Revival Worship Night” को आयोजना

सिड्नी- सिड्नीको लिभरपुल स्थित UNCC Nepali Church ले  यही नोवेम्बेर १९ मा “Revival Worship Night”  को आयोजना गर्ने भएको छ। नेपाली इसाई समुदायमा निकै नै चर्चित गायक एड्रियन देवानको बिशेष प्रस्तुति रहने उक्त वोर्शिप नाइटमा सिड्नीमा रहेका सम्पूर्ण नेपाली मण्डलीहरुलाइ बिशेष निमंत्रणा गरिसकिएको जानकारी UNCC मण्डलीको अगुवाहरुको समितिले जानकारी दिनुभयो।  

यसप्रकारको सम्पूर्ण मण्डलीहरुको सयुंक्त स्तुतिप्रसंसाको कार्यक्रम बिगतमा पनि गरिएको तर कोभिडको कारणले रोकिएको कार्यक्रम फेरी गर्न पाउँदा एकदमै उत्साहित रहेको उहाँहरुले जानकारी दिनुभयो। आयोजकका अनुसार उक्त कार्यक्रममा सहभागी  हुन QR Code मार्फत टिकट बुक गर्न पनि  सकिनेछ।