यो बर्ष पनि “अल्फा & ओमेगा” फुटसल टुर्नामेन्टले निरन्तरता पाउने !

४ अक्टोबर २०२३, सिड्नी 

अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली मण्डलीहरु बीच यही अक्टोबर २२ का दिन दोश्रो बार्षिक “अल्फा & ओमेगा” एकदिवसीय 5A Side फूटसल टुर्नामेन्ट आयोजना हुने भएको छ।  

अस्ट्रेलियामा रहेका नेपालीहरु बीच काम गर्ने ग्रेस नेपाली डायस्पोरा कम्युनिटी (GNDC) को आयोजनामा हुने प्रतियोगितामा ५ वटा सिड्नीकै मण्डलीहरु, क्यानबेराबाट दुईटा मण्डली, र एउटा आयोजक Grace को टिम गरि जम्मा १५ वटा टिम सहभागी हुने निश्चित भैसकेको GNDC का संयोजक अशोक शर्माले जानकारी दिनुभयो ।

प्रतियोगिताका खेलहरु  Wetherhill Park भन्ने स्थानको Emerson Futsal Court मा हुनेछन  । “प्रेम, एकता र भातृत्व” को नारा सहित आयोजित प्रतियोगितामा मण्डलीका अगुवाहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

“अल्फा & ओमेगा” कप नाम दिईएको उक्त प्रतियोगिताको सह-प्रायोजन भने सिड्नी स्थित Zenith Migration ले गरेको छ। 

Leave a comment