नेपाली मण्डलीहरुको संयुक्त टोलिको 24th GNC  football League खेल्ने सपना यसपाली पनि अधुरै 

१३ नोवेम्बेर, सिड्नी । २४ औं गोर्खा नेप्लिज कम्युनिटी लिग अन्तरगत माइनर लिगको छनौटको प्लेअफ़ म्याच पराजित भए संगै ग्रेस नेपाली डाएस्पोरा कम्युनिटी (GNDC) को टिमको लिग खेल्ने सपना यसपाली पनि अधुरै रहेको छ। 

टिम ग्रेस 


चेस्टरहिल स्थित नोर्फोर्ड पार्कको फुटबल मैदानमा आज बिहान सम्पन्न म्याचमा चिर प्रतिद्वन्दी बोइज युनाईटेड क्लब संग २-० ले पराजित भएसंगै टिम ग्रेसको सपनामाथि तुषारापात भएको हो। 

GNDC का पदाधिकारी र फुटबल टिम 

पर्याप्त अभ्यास र प्लेइङ्ग सेटले निरन्तर खेल्न नपाएकोले राम्रो खेल्नुको बाबजुद पनि टोलिले हर बेहोरेको नवनियुक्त कप्तान रामचन्द्र शाहीले बताए। खेल हारेतापनि खेलाडीहरुले राम्रो खेलेकोमा  खुसि लागेको र टिमले अब निरन्तर अभ्यास र बिभिन्न प्रतियोगिताहरु पनि खेल्ने पुर्व कप्तान सरन क्षेत्रीले बताए। 

अघिल्लो बर्ष सम्पन्न प्लेअफ़मा दोश्रो चरणमा पुग्न सफल भएको टिम ग्रेस यसपाली पहिलो चरणमै बाहिरिएको हो।

Leave a comment