फुटबलमा नेपाली मण्डलीहरुको संयुक्त टोलि बिजयी !

०५ डिसेम्बर , सिड्नी । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायहरु माझ बिगत २३ बर्ष देखि  संचालित भैरहेको गोर्खा नेप्लिज कम्युनिटी लिग (GNC ) मा सिड्नीमा रहेका नेपाली मण्डलीहरुको एकीकृत टीमले आज भएको खेलमा बिजय हात पारेको छ। कुल ९ वटा टोलि सम्मिलित “जीएनसी माइनर लिग” को निम्ति गरिने छनौटको पहिलो चरणको खेलमा मण्डली टिम  ‘ग्रेस नेपाली डायस्पोरा कम्युनिटी’ ले झापा सिड्नी फुटबल क्लब माथि ५-० ले जित हासिल गरेको हो। खेलपछि टिमका कप्तान सरन क्षेत्रीले ‘महानआज्ञा‘ टिमसंग कुरा गर्दै आउने १२ डिसेम्बरमा हुने छनौटको दोश्रो खेलमा राम्रो प्रदर्शन गर्ने बिश्वास रहेको बताए।   

सिड्नीको चेस्टरहिल स्थित नोर्फोर्ड मैदानमा आज बिहान भएका अन्य खेलहरुमा “रातो र चन्द्र सुर्य फुटबल क्लब”, “काल भैरव फुटबल क्लब”, र  “लुम्बिनी फुटबल क्लब” पनि पहिलो चरण मा बिजय भएका छन्।अब हुने खेलमा  “ग्रेस नेपाली डायस्पोरा कम्युनिटी क्लब” र  “रातो र चन्द्र सुर्य फुटबल क्लब”  तथा  “काल भैरव फुटबल क्लब”  र अघिल्लो सिजनमा माइनर डिभिजनबाट रेलिगसनमा परेको “सेन्ट जोर्ज फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, “लुम्बिनी फुटबल क्लब” भने १ जित संगै माइनर लिगमा प्रवेश गरिसकेको छ।  

Leave a comment