ग्रेस नेपाली डायस्पोरा समुदाय (GNDC) ले तेस्रो वार्षिक फुटसल प्रतियोगिता आयोजना गर्दै

15 August, 2024

ग्रेस नेपाली डायस्पोरा समुदाय GNDC) ले आगामी सेप्टेम्बर २२, २०२४ मा तेस्रो वार्षिक अल्फा एण्ड ओमेगा इन्टर-चर्च ५-ए -साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। सिड्नी को Wetherhill Park स्थित एमर्सन फुटसल कोर्टमा हुने यो प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली ख्रीष्टियन समुदायबीचको सम्बन्धलाई मजबुत बनाउने र सहभागीहरूबीचको मित्रताको भावना बढाउने उद्देश्य राखेकोछ ।

“प्रेम, एकता र भातृत्व” को नारा सहित GNDC ले बार्षिक रूपमा प्रतियोगिता गर्दै आएको  छ। प्रतियोगितामा सिडनी का बिभीन्न मण्डलीको प्रतिनिध्व गर्दै खेलाडी हरूको टिम साथै हौसला प्रदान गर्दै प्रतियोगिता लाई भब्य र सफल पार्नका लागी पाष्टर तथा अगुवाहरुको समेत सहभागिता रहने साथै बिगत बर्ष भन्दा ठुलो संख्या मा खेलाडी टिम साथै खेल प्रेमी दर्शक हरूको सहभागीता रहने र प्रतियोगिता प्रतिस्प्रधात्मक तथा मण्डली हरु बीच रहेको भाइचारा सम्बन्ध अझै मजबुत बन्ने बिश्वास गरिएको र पुर्व तयारी  कार्य सुरू भएको  जानकारी GNDC का संयोजक सिमोन राज भाटले दिनु भयो।

स्मरणीय रहोस्, GNDC ले २०२१ देखि सिड्नीमा नेपाली डायस्पोरा समुदाय, विशेष गरी नेपाली ख्रीष्टियन समुदायहरूको बिचमा सेवा  गर्दै आएको छ, जसको उद्देश्य “समुदाय को हित र कल्यान कारी कार्य र सेवा हर क्षेत्रमा नेपाली डायस्पोरा समुदायहरूको सेवा गर्नु” रहेको छ। GNDC को आफ्नै फुटबल क्लब पनि रहेको छ, जसले सिड्नी र सिड्नी बाहिर नेपाली समुदायमा आयोजना हुने बिभिन्न प्रतियोगितामा भाग लिदै आएको छ। फुटबल क्लबको माध्यम द्वारा अख्रिस्टिएन नेपाली समुदायहरु मा सुसमाचार प्रचार गर्ने ख्रिस्टको गवाही बन्ने काम भएको Grace FC का  कप्तान सरन क्षेत्रीले बताउनु भयो। 

बिगतका बर्षमा पाएको सफलतापछि, GNDC यस वर्षको कार्यक्रमको लागि उत्साहित र आशावादी छ। कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ, जसको लागि हरेक टिमलाई $२५० दर्ता शुल्क राखिएको छ। आयोजकले टिमहरूलाई आफ्नो सहभागीहरूको सूची र दर्ता शुल्क सेप्टेम्बर १५, २०२४ सम्ममा बुझाउनको लागी अनुरोध गरेको छ।

थप जानकारीका लागि GNDC लाई ०४५२ ५४९ ३३० मा सम्पर्क गर्न सकिनेछ ।साथै gracenepalidc@gmail.com  इमेल गर्न सकिनेछ।

१,९०० वर्षको तितरबितरपश्चात् इस्राएलले आफ्नो राज्य पाउँदा बाइबलको भविष्यवाणी पूरा भयो

इस्राएलले मसीहलाई इन्कार गरेपछि सन ७० मा पुननिर्मित यरूशलेमको मन्दिर नष्ट गरियो अनि इस्राएलीहरू चारैतिर तितरबितर भए। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बिचमा भएको इस्राएलको तितरबितरले झन्डै १,९०० वर्षसम्म निरन्तरता पाइरहयो। अब्राहामका सन्तानहरू विभिन्न जातिका विचमा छरपष्ट भए तापनि परमेश्वरको वचन आश्चर्यपूर्ण ढङ्गमा पूरा भएको छ किनकि इसाएल जाति सुरक्षित छ। सूर्य र चन्द्रमा रहुन्जेल इस्राएल जाति रहने छ भनी यर्मिया अगमवक्ताले भविष्यवाणी गरेका थिए (यर्मिया ३१:३५-३६)। इस्राएल यसरी बचाइएको छ कि त्यसको सट्टामा अर्को जाति भइदिएको भए त्यो नै इतिहासमा बिलाउने थियो ।

सन १८९७ मा थियोडोर हर्जले मध्यपूर्वमा इसाएलको नयाँ राज्यको अवधारणालाई अगाडि त्याए । १९१७ मा बालफोर घोषणापत्रले यस अभियानलाई उत्साह दियो। इस्राएलीहरूलाई तिनीहरूको पैतृक भूमि दिन ब्रिटिस सरकार पनि सकारात्मक थियो भनी यस घोषणापत्रले अङ्कित गर्छ। तर पहिलो विश्व युद्धको समाप्तिसँगै ब्रिटिस सरकारले यस अवधारणलाई खारेज गरिदियो। सन १९३९ मा दोस्रो विश्व युद्धको आरम्भ हुँदा यस पवित्र भूमिमा इसाएलीहरूको सङ्ख्या लगभग ४,००,००० पुगिसकेको थियो र फेरि यहूदी राज्य हुनुपर्छ भन्ने विचारलाई बिउँताइयो। बिभिन्न बाधा र अड़चनका बाबजूद पनि १४ मे १९४८ मा इस्राएलीहरूले नयाँ राज्य पाईछाडे।

बाइबलीय भविष्यवाणीको दृष्टिकोणबाट नयाँ इस्राएल राज्यको गठन अत्यधिक महत्त्वपूर्ण छ। इस्राएलीहरू संसारका चार कुनामा छरपष्ट भए तापनि परमेश्वरले तिनीहरूलाई पुनः आफ्नो मातृभूमिमा फर्काएर ल्याउनुहुनेथियो भनी बारम्बार भविष्यवाणी गरिएको थियो । इजकिएलले लेखे, “तब तिनीहरूले जान्नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्वर हूँ, किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासित गरे तापनि तिनीहरूमध्ये कोही पनि नछुट्नेगरी म नै तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा भेला गराउनेछु (इजकिएल ३९:२८)।

इसाएलको पुनः प्रतिष्ठापन बाइबलमा भएका अनगिन्ती भविष्यवाणीहरूमध्ये वर्तमान समयमा पूरा भएको एउटा आश्चर्यपूर्ण भविष्यवाणी हो। केही शताब्दीको लागि अस्तित्वविहीन भई पुनः संसारको इतिहासमा राजनीतिक अस्तित्वको रूपमा आफैलाई स्थापित गराउने एउटै मात्र प्राचीन राष्ट्रको रूपमा इस्राएलले आफैलाई चिनाएको छ । वर्तमान समयमा भएको इजरायलको पुनर्स्थापना इतिहासमा परमेश्वरको हात छ भन्ने प्रस्ट सङ्केत मात्र नभई इजरायलीहरूलाई उहाँले गर्नुभएका अनगिन्ती प्रतिज्ञाबमोजिम कुनै पनि हालतमा उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन भन्ने परमेश्वरको प्रतिज्ञाको समाप्तिको सुस्पष्ट प्रमाण पनि हो।