
३५६ ख्रिस्टपर्वमा जन्मेका अलेक्ज्यान्डर महान विश्व विजेता दिए। बिस वर्षकै उमेरमा सिंहासनमा बसेका तिनले आफ्नो अधिकांश शासनकाल युद्धमा बिताए। एसियादेखि उत्तरपूर्वी अफ्रिकासम्म युद्ध लड्दै आएका तिनले ३२ वर्ष नपुग्दै प्राचीन संसारको एउटा विशालतम साम्राज्य खडा गरे । तिनी युद्धमा पराजित हुँदैनथ्ये र तिनलाई संसारकै एक सर्वाधिक सैनिक कमान्डरको रूपमा हेरिन्छ । १३ वर्षको छोटो अवधिमा तिनले प्राचीन संसारका अधिकांश ज्ञात भूमिहरूमाथि विजय हासिल गरेका थिए।
विश्वको इतिहासमा अलेक्ज्यान्डर महान् यति महत्त्वपूर्ण पात्र थिए कि दानिएल २, ७, ८ र ११ अध्यायहरूमा तिनी र तिनको राज्यको विषयमा भविष्यवाणी गरिएको पाउँछौँ हामी । परमेश्वरको प्रेरणा पाएर दानिएलले चारवटा विश्व साम्राज्यको अनुक्रमणवारे भविष्यवाणी गर्नुका अतिरिक्त तिनका भविष्यवाणीहरूमा अन्य विविध कुराहरूमा पनि समेटिएका छन् जसमध्ये एउटा घतलाग्दो भविष्यवाणी हो: ग्रिक साम्राज्य चार भागमा विभाजित हुनेथियो । दानिएल ११:३-४ मा अलेक्ज्यान्डर महानको बारेमा यसरी भविष्यवाणी गरियो, “त्यसपछि एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले आफ्नो ठुलो शक्तिसाथ शासन गर्नेछन् र जे मन लाग्यो त्यही गर्नेछन् । उनी खडा भएपछि, उनको साम्राज्य टुक्रिनेछ र स्वर्गका चार बतासतिर बाँडिनेछ, न त उनले चलाएको अधिकार त्यसको हुनेछ, किनभने उनको साम्राज्य जरैसमेत अखेलिनेछ र अरूलाई दिइनेछ।”
अलेक्ज्यान्डर महान्को मृत्यु यति अकस्मात् भएको थियो कि ग्रिसमा तिनको मृत्युको खवर आउँदा त्यसलाई तत्काल विश्वास गरिएको थिएन। केवल ३२ वर्षको उमेरमा १० जुन ३२३ मा बेबिलोनस्थित नबुकदनेसर द्वितीयको दरबारमा अलेक्ज्यान्डर महानको निधन हुँदा तिनको कुनै प्रस्ट उत्तराधिकारी नभएकोले तिनको शक्तिशाली साम्राज्य बाइबलले भविष्यवाणी गरेझैँ चार भागमा बाँडिएको थियोः एन्टिपाटेर र पछि कैसन्डरको अधीनमा माकेडोनिया र ग्रिस, समाखसको अधीनमा थ्रेस र एसिया माइनर, सिलुकसको अधीनमा सिरिया अनि टोलेमीको अधीनमा मिश्र र प्यालेसटाइन । बाइबलका भविष्यवाणीहरू कति साँचा छन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र अन्यबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्” (२ पत्रुस १:२१) ।
