सिड्नी- सिड्नीको लिभरपुल स्थित UNCC Nepali Church ले यही नोवेम्बेर १९ मा “Revival Worship Night” को आयोजना गर्ने भएको छ। नेपाली इसाई समुदायमा निकै नै चर्चित गायक एड्रियन देवानको बिशेष प्रस्तुति रहने उक्त वोर्शिप नाइटमा सिड्नीमा रहेका सम्पूर्ण नेपाली मण्डलीहरुलाइ बिशेष निमंत्रणा गरिसकिएको जानकारी UNCC मण्डलीको अगुवाहरुको समितिले जानकारी दिनुभयो।
यसप्रकारको सम्पूर्ण मण्डलीहरुको सयुंक्त स्तुतिप्रसंसाको कार्यक्रम बिगतमा पनि गरिएको तर कोभिडको कारणले रोकिएको कार्यक्रम फेरी गर्न पाउँदा एकदमै उत्साहित रहेको उहाँहरुले जानकारी दिनुभयो। आयोजकका अनुसार उक्त कार्यक्रममा सहभागी हुन QR Code मार्फत टिकट बुक गर्न पनि सकिनेछ।
