इस्राएलले मसीहलाई इन्कार गरेपछि सन ७० मा पुननिर्मित यरूशलेमको मन्दिर नष्ट गरियो अनि इस्राएलीहरू चारैतिर तितरबितर भए। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बिचमा भएको इस्राएलको तितरबितरले झन्डै १,९०० वर्षसम्म निरन्तरता पाइरहयो। अब्राहामका सन्तानहरू विभिन्न जातिका विचमा छरपष्ट भए तापनि परमेश्वरको वचन आश्चर्यपूर्ण ढङ्गमा पूरा भएको छ किनकि इसाएल जाति सुरक्षित छ। सूर्य र चन्द्रमा रहुन्जेल इस्राएल जाति रहने छ भनी यर्मिया अगमवक्ताले भविष्यवाणी गरेका थिए (यर्मिया ३१:३५-३६)। इस्राएल यसरी बचाइएको छ कि त्यसको सट्टामा अर्को जाति भइदिएको भए त्यो नै इतिहासमा बिलाउने थियो ।

सन १८९७ मा थियोडोर हर्जले मध्यपूर्वमा इसाएलको नयाँ राज्यको अवधारणालाई अगाडि त्याए । १९१७ मा बालफोर घोषणापत्रले यस अभियानलाई उत्साह दियो। इस्राएलीहरूलाई तिनीहरूको पैतृक भूमि दिन ब्रिटिस सरकार पनि सकारात्मक थियो भनी यस घोषणापत्रले अङ्कित गर्छ। तर पहिलो विश्व युद्धको समाप्तिसँगै ब्रिटिस सरकारले यस अवधारणलाई खारेज गरिदियो। सन १९३९ मा दोस्रो विश्व युद्धको आरम्भ हुँदा यस पवित्र भूमिमा इसाएलीहरूको सङ्ख्या लगभग ४,००,००० पुगिसकेको थियो र फेरि यहूदी राज्य हुनुपर्छ भन्ने विचारलाई बिउँताइयो। बिभिन्न बाधा र अड़चनका बाबजूद पनि १४ मे १९४८ मा इस्राएलीहरूले नयाँ राज्य पाईछाडे।
बाइबलीय भविष्यवाणीको दृष्टिकोणबाट नयाँ इस्राएल राज्यको गठन अत्यधिक महत्त्वपूर्ण छ। इस्राएलीहरू संसारका चार कुनामा छरपष्ट भए तापनि परमेश्वरले तिनीहरूलाई पुनः आफ्नो मातृभूमिमा फर्काएर ल्याउनुहुनेथियो भनी बारम्बार भविष्यवाणी गरिएको थियो । इजकिएलले लेखे, “तब तिनीहरूले जान्नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्वर हूँ, किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासित गरे तापनि तिनीहरूमध्ये कोही पनि नछुट्नेगरी म नै तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा भेला गराउनेछु (इजकिएल ३९:२८)।
इसाएलको पुनः प्रतिष्ठापन बाइबलमा भएका अनगिन्ती भविष्यवाणीहरूमध्ये वर्तमान समयमा पूरा भएको एउटा आश्चर्यपूर्ण भविष्यवाणी हो। केही शताब्दीको लागि अस्तित्वविहीन भई पुनः संसारको इतिहासमा राजनीतिक अस्तित्वको रूपमा आफैलाई स्थापित गराउने एउटै मात्र प्राचीन राष्ट्रको रूपमा इस्राएलले आफैलाई चिनाएको छ । वर्तमान समयमा भएको इजरायलको पुनर्स्थापना इतिहासमा परमेश्वरको हात छ भन्ने प्रस्ट सङ्केत मात्र नभई इजरायलीहरूलाई उहाँले गर्नुभएका अनगिन्ती प्रतिज्ञाबमोजिम कुनै पनि हालतमा उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन भन्ने परमेश्वरको प्रतिज्ञाको समाप्तिको सुस्पष्ट प्रमाण पनि हो।
