चौधौं शताब्दीको उत्तरार्द्धमा “सुधारवादका बिहानको तारा” भनेर चिनिने जोन विक्लिफले पहिलो पटक अङ्ग्रेजी भाषामा पूरै बाइबललाई अनुवाद गरेका थिए। तिनकै नाउँको सम्मान गर्दै उटा संस्था स्थापित छ जसलाई विक्लिफ ग्लोबल अलायन्स भनिन्छ । बाइबल अनुवादको खाँचो परेको हरेक भाषामा बाइबललाई अनुवाद गर्नु यस संस्थाको लक्ष्य रहेको छ । यस संस्थालाई स्थापना गरेका थिए, विलियम सी टाउनसेन्डले । १८९६ मा अमेरिकामा जन्मेका तिनी बिसौँ शताब्दीका विशिष्ट मिसनरीसाथै भाषाविद् थिए। २३ अप्रिल १९८२ मा तिनी यस धर्तिबाट बिदा भए तापनि आफूले स्थापना गरेको संस्थामार्फत तिनी अमर छन्।

ख्रिस्टाब्द १९४२ मा स्थापित यस संस्था (पहिले यसको नाउँ विक्लिफ बाइबल डान्सलेटर्स रहेको थियो) ले संसारमा बोलिने लगभग ७.००० ओटा भाषामध्ये नोभेम्बर २०१२ सम्ममा बाइबलका अंशहरू, नयाँ करार र पूरै बाइबललाई गरी २,८०० ओटाभन्दा बेसी भाषामा बाइबललाई अनुवाद गरिसकेको छ।
स्थानीय भाषाहरूमा बाइबलको वचनलाई पुयाउन यस संस्थाको नमुनालाई पछ्याउँदै अन्य संस्थाहरू पनि स्थापना गरिएका छन्। यी सबै संस्थाको फललाई जोड्ने हो भने हालसम्म कतिवटा भाषामा बाइबललाई अनुवाद गरिएको छ त ? संसारमा बोलिने लगभग ७,००० ओटा भाषामध्ये अक्टोबर २०१७ सम्ममा पूरै बाइबललाई ६७० ओटा भाषामा, नयाँ करारलाई १५२१ ओटा भाषामा र यसका अंशहरूलाई थप १.१२१ ओटा भाषामा अनुवाद गरिएको छ। यसरी बाइबलको कुनै न कुनै अंशलाई कम्तीमा पनि ३.३१२ ओटा भाषामा अनुवाद गरिएको छ। यो भनेको लगभग ४७% भए तापनि ससारका ९०% भन्दा बढी जनसङ्ख्याले पूरै बाइबल या यसका अंशहरूलाई आफ्नै भाषामा पढ्न पाएका छन्
एथ्नोलोग ल्याङ्ग्वेजेज अफ द वर्ल्ड नामक स्रोतको बिसौं संस्करण (२०१७) अनुसार संसारमा १ अरब १२ करोड मानिसले अङ्ग्रेजी, १ अरब १० करोड मानिसले मन्दारिन चिनियाँ, ७० करोड मानिसले हिन्दुस्तानी (हिन्दू / उर्दु ), ५१ करोड मानिसले स्पेनिश र ४२ करोड मानिसले अरबी भाषा बोल्छन् । हामीलाई थाहा छ कि यीलगायत अन्य धेरै मानिसहरूले बोल्ने भाषामा बाइबल अनुवाद भइसकेको छ। परमेश्वरले आज पनि आफ्नो काम गरिरहनुभएको छ। अनुवाद उहाँको एउटा तरिका हो। मानिसहरूले आफ्नै भाषामा पवित्र बाइबललाई पढ्न पाउनुपर्छ भन्ने जोन विक्लिफको इच्छालाई परमेश्वरले पूरा गर्न लाग्नुभएको छ ।
